Ministry of Land Management, Agriculture and Cooperatives
Directorate of Agriculture Development
Agriculture Development Office
Simkot, Humla
Plan
१. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
२. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।