Emblem Of Nepal

Government of Karnali Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Development Office

Simkot, Humla

Nepali Flag

 उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, हुम्लाको  नामले स्थापना भई हाल कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ। 

कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नु नै यस कृषि विकास कार्यालयको प्रमुख उदेश्य रहेको छ ।

नेपालको प्रशासनिक संरचना परिबर्तन भए संगै तिन तहबाट कृषि सेवाहरु प्रदान हुदै आएकोमा प्रादेशिक सरकारको माताहतमा रही यस कृषि विकास कार्यालयले नीजि उद्यमी, कृषक समूह, कृषक सहकारी संस्थाहरु र उपभोक्ता मार्फत साना किसान र ब्यावसायिक ठूला किसानलाई कृषिजन्य उपजको पहिचान, उत्पादन तथा उत्पादकत्व बृद्धि र आधुनिक खेती प्रणाली तथा बजार प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरु गर्दै आएको छ । कृषि उपजको उत्पादनलाई सहज बजारीकरणमा सहयोग गर्नको लागी हाल विभिन्न स्थानमा कृषि सडक मार्फत उत्पादन क्षेत्र लाई जोडिदै आएको छ ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार कृषि सिचाई/सडक निर्माण, प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीवब्यवस्थापन कार्यक्रम संचालन, जैबिक, भौतिक विधि तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापन, प्राङ्गारिक मलखादको व्यवस्थापन तथा सुधार, एकिकृत खाद्यतत्व ब्यवस्थापन इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित उपजको मूल्य अभिवृद्धि, कृषि वव्यवसाय, ईको कृषि पर्यटन, कृषि प्रशोधन तथा ब्राण्डिङ्ग, खाद्य स्वस्थता सुनिश्चितता, गुणस्तर निर्धारण तथा नियन्त्रण यस कार्यालयका वृहत प्राथमिकता क्षेत्र रहेका छन् ।

यस कार्यलयबाट संपादित कार्यहरुको विवरण तथा प्रगति, उपयोगी प्रकाशन सामाग्री, कार्यक्रमसंग संबन्धित कार्यबिधिहरु, प्रकाशित सूचनाहरु तथा अन्य गतिबिधिहरुसंग संबन्धित सेवाहरु यस कार्यालयको वेवसाई adohumla.gov.np बाट जानकारी प्राप्त गर्न सकिन्छ ।