Government of Karnali Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Agriculture Development

Agriculture Development Office

Humla


Introduction

 उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, हुम्लाको  नामले स्थापना भई हाल कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ। 

कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नु नै यस कृषि विकास कार्यालयको प्रमुख उदेश्य रहेको छ ।

नेपालको प्रशासनिक संरचना परिबर्तन भए संगै तिन तहबाट कृषि सेवाहरु प्रदान हुदै आएकोमा प्रादेशिक सरकारको माताहतमा रही यस कृषि विकास कार्यालयले नीजि उद्यमीकृषक समूहकृषक सहकारी संस्थाहरु र उपभोक्ता मार्फत साना किसान र ब्यावसायिक ठूला किसानलाई कृषिजन्य उपजको पहिचान, उत्पादन तथा उत्पादकत्व बृद्धि र आधुनिक खेती प्रणाली तथा बजार प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरु गर्दै आएको छ । कृषि उपजको उत्पादनलाई सहज बजारीकरणमा सहयोग गर्नको लागी हाल विभिन्न स्थानमा कृषि सडक मार्फत उत्पादन क्षेत्र लाई जोडिदै आएको छ ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार कृषि सिचाई/सडक निर्माण, प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीवब्यवस्थापन कार्यक्रम संचालनजैबिक, भौतिक विधि तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापनप्राङ्गारिक मलखादको व्यवस्थापन तथा सुधारएकिकृत खाद्यतत्व ब्यवस्थापन इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित उपजको मूल्य अभिवृद्धिकृषि वव्यवसाय, ईको कृषि पर्यटनकृषि प्रशोधन तथा ब्राण्डिङ्ग, खाद्य स्वस्थता सुनिश्चिततागुणस्तर निर्धारण तथा नियन्त्रण यस कार्यालयका वृहत प्राथमिकता क्षेत्र रहेका छन् ।

यस कार्यलयबाट संपादित कार्यहरुको विवरण तथा प्रगति उपयोगी प्रकाशन सामाग्रीकार्यक्रमसंग संबन्धित कार्यबिधिहरुप्रकाशित सूचनाहरु तथा अन्य गतिबिधिहरुसंग संबन्धित सेवाहरु यस कार्यालयको वेवसाई adohumla.gov.np बाट जानकारी प्राप्त गर्न सकिन्छ ।

Plan

  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
  • २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
  • ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
  • ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  • ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।

Aim

  • १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।

© 2020 Copyright : कृषि विकास कार्यालय, हुम्ला
Last Updated: 2021/03/21
Developed By: Ninja Infosys Pvt. Ltd.